म्याग्दीको बेगखोलामा पुल निर्माण सुरु

म्याग्दी - बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको हो । विसं २०८० चैतमा सम्पन्न गर्ने सम्झौतासहित विसं २०७८ असार २९ गते  बिओकेआइ–हिमालयन जेभीले भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता भएको विभागका इञ्जीनियर आशिक रिजालले जानकारी दिए । 

बेलीब्रिजसमेत बाढीले बगाएको बेगखोलामा पुल निर्माण गर्न निर्माण व्यवसायीले नै पुलको डिजाइन आफैँ गर्ने गरी ठेक्का सम्झौतामा भएको छ । बेगखोलामा पुल बगाएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीले निरन्तर सास्ती खेप्दै आएका छन् । पुल निर्माणका लागि पटक–पटक ताकेता गरिएको र कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीलाई समेत समयमै काम सक्ने गरी काम अघि बढाउन आग्रह गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए। 

यस सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रुप्से झरनामा आएको बाढी र पहिराका कारण निर्माणाधीन पुल बगाएपछि कुन प्रविधिको प्रयोग गरी कस्तो पुल निर्माण गर्ने भन्ने अझै यकिन भएको छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×