ब्राइट होराइजन सेमिफाइनलमा

काठमाडौँ - ब्राइट होराइजन नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

ब्राइट होराइजनले जेनिथलाई ५८-३२ ले पराजित गर्यो। सोही स्पर्धामा ग्रिनल्यान्डले रेडिअन्तलाई ४६-३० तथा महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५-३३ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले महामञ्जुश्रीलाई १४-८, एन्जल्स हार्टले ग्रिनफिल्ड ‘बी’ लाई १९-११, लालीगुराँस नेसनल एकेडेमीले ओरेकललाई २०-८ र इडेन ब्रिज एकेडेमीले संस्कृतिलाई ४६-११ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो।

सिनियर गल्र्समा रेडिअन्तले आर्यालाई २६-१६, ग्रिनल्यान्डले ग्रिनफिल्डलाई १३-४, संस्कृतिले हिमालयनलाई १२-७ र काष्ठमण्डपले ग्रिनफिल्डलाई १७-६ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×