वास बेसिन फुटाउन खोज्दा टाइगर श्रोफको खुट्टा भाँचियो

काठमाडौँ - बलिउड अभिनेता टाइगर श्रोफको खुट्टा भाँचिएको छ। एक्सन र डान्सका लागि माहिर अभिनेता टाइगरले शुटिङको दौरान खुट्टा भाँचेका हुन्।

एक फिल्मको एक्सन सिन छायाङ्कन भइरहेको बेला 'वास बेसिन' फुटाउने सट लिनुपर्ने थियो। त्यही फुटाउने चक्करमा उनको खुट्टा भाँचियो। सँगसँगै उनले वास बेसिन पनि फुटाए।

टाइगरले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै यसबारे जानकारी दिएका हुन्। "मैले आफूलाई जति बलियो छु त्योभन्दा बढी बलियो भएको ठानेकाले कन्क्रिट वास बेसिन फुटाउने चक्करमा खुट्टा भाँचेँ। तर अन्ततः वास बेसिन पनि फुट्यो नै", टाइगरले लेखेका छन्।

टाइगरले यो कुन फिल्मका लागि खुट्टै भाँच्ने गरी एक्सन सिन दिए भन्नेबारे भने खुलाएका छैनन्। टाइगरको आउँदो फिल्म भने 'गणपत' र 'बड़े मियाँ छोटे मियाँ' हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×