सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ - बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहारपछि मात्र अभियोग पत्र दर्ता हुने भएको छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि त्यसको अध्ययन र अभियोग पत्र तयार गर्न समय लाग्ने भन्दै काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तिहारको विदापछि मात्र काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्ने भएको हो।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा रहेका छन्। उनीविरुद्ध १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी हुन्। सन्दीपलाई हिरासतमा राख्न आइतबार अदालतबाट थप २ दिनको समय लिइएको छ। सोमबारदेखि सार्वजनिक बिदा परेकाले तिहारपछि कार्यालय खुलेपछि मिलान हुने गरी थप समय लिने तयारी प्रहरीको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×