काठमाडौँ - अनुहारको चोटमुक्त हुने क्रममा रहेका सन ह्युङ मिनले नै कतार विश्वकपका दक्षिण कोरियाको नेतृत्व गर्ने भएका छन्।
प्रमुख प्रशिक्षक पाउलो बेन्टोले शुक्रबार घोषणा गरेको २६ सदस्यीय टिममा नेपोलीका डिफेन्डर किम मिन-जाइ र मायोर्काका आक्रमक मिडफिल्डर लि काङलाई पनि समावेश गरेका छन्।
तर, उल्सान हुन्डाईका तीव्र गतिका विङ्गर उम वोन-साङ सथान बनाउन असफल भएका छन्। च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ पछि कुनै खेल खेलेका छैनन्। शल्यक्रियापछि विश्वकप नगुमाउने उनले बताएका थिए। उनी कतारमा अब अनुहारमा सुरक्षा मास्क लगाएर मैदान उत्रिने छन्।
दक्षिण कोरियाको टिम
गोलकिपर - किम स्युङ–ग्यु, जो ह्योन यु, सङ बुम–क्युन
डिफेन्डर - किम मिन जे, किम योङ ग्वोन, क्वोन क्युङ वोन, चो यु मिन, किममुन ह्वान, युन जोङ ग्यु, किम ताइ ह्वान, किम जिन सु, होल चुल
मिडफिल्डर - जोङ वु योङ, सान जुन हो, पाइक सुङ हो, ह्वाङ इन बुम, लि जेसुङ, क्वोन चाङ हुन, ज्योङ वु योङ, लि काङ इन, सन ह्युङ मिन, ह्वाङ ही चान, ना साङ हो, सङ मिन क्यु
फरवार्ड - ह्वाङ यी जो, चो ग्वी सुङ