कौडा खेलिरहेका १२ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×