लिभरपुलले जित्यो ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी

काठमाडौँ - इलिस क्लव लिभरपुलले ‘स्टान्डर्ड चार्टर्ड सिंगापुर’ ट्रफी जितेको छ। प्रि-सिजन टु अन्तर्गत गए राति सिंगापुरमा भएको मैत्रीपूर्ण खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले ट्रफी जितेको हो ।

क्रिस्टल प्यालेसमाथि २-० को जित दर्ता गर्ने क्रममा खेलको १२ औं मिनेटमा लिभरपुलको लागि जोर्डन हेण्डरसनले गोल गरे भने मोहमद सलाहले दोश्रो हाफको दोश्रो मिनेटमा १ गोल गरी अग्रता दोब्बर पारेका थिए।

त्यसपछि प्यालेस खेलमा फर्कन नसक्दा लिभरपुलले २-० को जित दर्ता गरी ट्रफी उचाल्न सफल भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×