बंगलादेश प्रिमियर लिगको उद्घाटन खेलमा सन्दीप लामिछानेको प्रभावशाली सुरुवात, दुई विकेट हात पारे

बंगलादेश प्रिमियर लिग (बीपीएल) को नयाँ सिजनको पहिलो खेलमा नेपालका लेग–स्पिनर सन्दीप लामिछानेले प्रभावशाली प्रदर्शन गरेका छन्। राजशाही वारियर्सबाट मैदान उत्रिएका सन्दीपले सिलेट टाइटन्सविरुद्ध दुई विकेट लिँदै टोलीका लागि महत्त्वपूर्ण योगदान दिए।

सन्दीपले चार ओभर बलिङ गर्दै ४३ रन खर्चिए। बलिङक्रममा उनले ७ डट बल फ्याँक्दा विपक्षी ब्याट्सम्यानलाई २ चौका र ३ छक्का मात्र दिन पुगे। उनले अफगानिस्तानका ब्याटर हजरतुल्लाह जजाईलाई २० रनमा मुस्फिकुर रहिमबाट स्टम्प गराउँदै आउट गराए भने ओपनर रोनी तालुकदारलाई ४१ रनमा बोल्ड गरेका थिए।

टस जितेर फिल्डिङ रोजेको राजशाहीविरुद्ध पहिले ब्याटिङ गरेको सिलेट टाइटन्सले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९० रनको बलियो योगफल तयार गर्‍यो।

आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिगमा राजशाही वारियर्स र सिलेट टाइटन्ससहित कुल ६ टोलीको सहभागिता रहेको छ। भ्रष्टाचारसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएको करिब दुई महिनापछि लिग पुनः सुरु भएको हो।#purnasandesh #breakingnews #sports 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×