ललितपुर महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

ललितपुर । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।

महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नुपरेको हो।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर  प्रहरी भने सञ्चालनमा रहनेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×