एसियन प्यासिफिक फाइनलमा

काठमाडौँ - एसियन प्यासिफिक र टिम किरण ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन्। आयोजक ऋत एकेडेमीको वसुन्धारास्थित कोर्टमा बुधबार भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६-४ ले पराजित गरेको थियो।

अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गल्र्सलाई ८-४ ले हराएको हो। पुरुषतर्फ आयोजक ऋत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगेका छन्। ऋतले स्किब्सलाई ५-४ ले हराएको छ।

न्यु जेनिथ ‘बी’ले एन्जल्स हार्ट ‘बी’ लाई -–६ ले पाखा लगायो। एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’लाई ६-५ ले पराजित गरेको हो। सेमिफाइनलमा ऋतले न्यु जेनिथ ‘बी’को सामना गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×