काठमाडौँ - काठमाडौँको किंग्स् कलेजका विद्यार्थी अभिनित नाटक ‘त्रयम्’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। जेठ २० गतेदेखि प्रदर्शन भइरहेको नाटकमा महिलाले आफूमाथि भएको थिचोमिचो र हिंसा विरुद्ध गरेको विद्रोहलाई देखाइएको छ।
दिलिप रानाभाटले निर्देशन गरेका नाटकमा कलेजका बीबीए इन अप्लाइड आर्टस् एण्ड डिजाइनमा अध्ययनरत विद्यार्थीहरूले अभिनय गरेका छन्। कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले विद्यार्थीमा कलाप्रति अभिरुचि जगाउने प्रयास स्वरुप नाटक मञ्चन गरिएको बताएका छन्। सोखको रुपमा लिइँदै आइएको कला क्षेत्रलाई व्यावसायिक दिशा दिन पनि कलेजले नाटक तयार पारेको उनले जनाएका छन्। नाटक आजसम्म मात्र देखाइने छ।