टि-२० विश्वकपको लागि बंगलादेशको टोली घोषणा

काठमाडौँ - बंगलादेशले सकिब अल हसनको कप्तानीमा आगमी महिना अष्ट्रेलियामा हुने टि-२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ। घोषणा टोलीमा बंगलादेशका सर्वाधिक अनुभवी स्टार अलराउन्डर तथा पूर्व कप्तान महमुदूल्लाह रियाद भने टोलीमा छैनन्।

३६ वर्षीय अलराउन्डर महमुदूल्लाहलाई बंगलादेशले एसिया कपअघि टि-२० कप्तानबाट हटाएको थियो। पछिल्लो समय महमुदूल्लाह र बंगलादेश क्रिकेट बोर्डबीच चिसो सम्बन्ध रहेको बुझिएको छ।

उनले १ सय २१ टि-२० आई खेलमा २ हजार १ सय २२ रन बनाउनुको साथै ३८ विकेट लिएका छन्। बंगलादेशले नुरुल हसनलाई उपकप्तान दिएको छ. गतवर्ष विश्वकपमा बंगलादेश स्कटल्यान्डसँग ६ रनले स्तब्ध हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो। बंगलादेश यो पटक भने सुपर १२ को समूह बी मा रहेको छ।

बंगलादेशले सेमिफाइनलमा स्थान बनाउन भारत, पाकिस्तान र दक्षिण अफ्रिका जस्तादेशलाई हराउनु पर्छ। टि-२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न शहरमा हुनेछ।

बंगलादेशको विश्वकप टोली:

सकिब अल हसन (कप्तान), मेहदी हसन मिराज, लिटन दास, नुरुल हसन (उपकप्तान), सैफउद्दीन, एबादोत हुसैन, नाज्मुल हसन सान्टो, अफिफ हुसैन, शबिर रहमान, मुसाद्देक हुसैन, यासिर अली, मुश्ताफिजुर रहमान, तस्किन अहमद, हसन मुहमुद र नासुम अहमद।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×