प्रकाश ओझाको 'भत्काईदिन्छु बाख्राको खोर पनि'को रिमेक सार्वजनिक

काठमाडौँ। गायक प्रकाश ओझाको आवाज तथा संगीत रहेको लोकप्रिय गीत 'भत्काईदिन्छु बाख्राको खोर पनि'को रिमेक गरिएको छ। डम्बर विकलको शब्द रहेको नयाँ गीतमा प्रकाश ओझा र बबिना किराँतीको आवाज रहेको छ। गीतको भिडियोमा कृष्ण सिवाकोटी, गायक ओझा, बिन्दा खतिवडा, बिनय पौडेल, कमला पौडेल, संचिता मगर, राम कार्की, ललित पहाडी, प्रेम चौधरी, चत्र दाइ तथा बाल कलाकार आर्यन भुजेल, आयुष भुजेल, इस्मारिका भुजेल र इशा भुजेल आदि कलाकारहरूको अभिनय रहेको छ। बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×