शितलहर प्रभावित १५० जानालाई कम्मल वितरण

वीरगञ्ज । तराईमा पछिल्लो पटक चिसो बढ्दै गएपछि यहाँका दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने समुदायलाई लक्षित गरी कम्मल उपलब्ध गराइएको छ  ।

वीरगञ्जस्थित ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले दातृ निकाय सिप्रदियन सहायता संस्थासँगको सहकार्यमा १५० जनालाई कम्मल उपलब्ध  गराएको हो ।
    
विशेषगरी  रिक्सा चालक, मेकानिक, मजदुर र सडकमा आफ्नो जीवन बिताउन बाध्य रहेका व्यक्तिहरुलाई कम्मल  उपलब्ध गराइएको  ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले जनाएको छ  ।

बढ्दै गरेको चिसोलाई दृष्तिगत गर्दै चिसो र शीतलहरले स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने समुदायलाई कम्मल दिइएको केन्द्रले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×