इलामकाे चिया कारखानामा आगलागी, तीन वटा भवनसहित सम्पूर्ण मेशिन औजार जलेर नष्ट

इलाम । सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा कारखानासहित मेशिन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ ।

इलाम टी प्रोर्डयुस प्रालिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए ।

आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए ।

आगलागी हुँदा त्यहाँ भएको संरचना सबै जलेर नष्ट भएको छ । क्षतिको विवरण संकलन गर्न भने बाँकी रहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केही संरचना भत्काइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×