घट्याे नेपाल एयरलाइन्सकाे भाडा दर

सिमकोट । नेपाल एयरलाइन्सले सिमकोट–नेपालगञ्जको हवाई भाडादर घटाएको छ।

सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका जनताको लागि एयरलाइन्सले हवाई भाडादर घटाएको हो।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलबहादुर सुनारले आइतबारबाट लागू हुने गरी सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर घटाएको जानकारी दिए । अब सिमकोटबाट नेपालगञ्जका लागि हवाई भाडादर पाँच हजार ९१५ रुपैयाँ कायम भएको छ।

यसअघि नेपाल एयरलाइन्सले सात हजार २१० रुपैयाँ भाडा लिने गथ्र्यो ।

हाल एयरलाइन्सले आइतबार, सोमबार, बिहीबार र शनिबार सहुलियत उडान भर्दै आएको छ। सिमकोटबाट नेपालगञ्जका लागि अन्य निजी एयरलाइन्सहरुले ६ हजारभन्दा बढी भाडादर लिने गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×