काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड कायलियन एमबाप्पे सर्वाधिक कमाउने फुटबलर बनेका छन्। फ्रेन्च फुटबलर एमबाप्पे पहिलो पटक सर्वाधिक कमाउने फुटबलर बनेको फोर्ब्सले जनाएको छ।
बीबीसीले जनाएअनुसार अर्जेन्टिनी तथा पीएसजीकै फरवार्ड लियोनल मेस्सी तथा पोर्चुगल र म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोबाहेक ९ वर्षमा पहिलो पटक अन्य कुनै खेलाडी सर्वाधिक कमाउने सूचीमा परेका हुन्।
फोर्ब्सले जनाए अनुसार यस सिजनमा २३ वर्षीय एमबाप्पेले १ सय २८ मिलियन अमेरिकी डलर कमाउने भएका छन्।
जबकी मेस्सीले १ सय २० मिलियन डलर र रोनाल्डोले १ सय मिलियन डलर कमाउने भएका छन्। नेयमार र मोहमद सालाह चौथोँ र पाँचौं स्थानमा रहेका छन्।