'केजीएफ'को अर्को कीर्तिमान: भोजपुरी डबमा सर्वाधिक हेरिएको फिल्म

काठमाडौँ - दक्षिण भारतीय फिल्म 'केजीएफ' र यसको सिक्वेलले फिल्मी दुनियाँलाई तरङ्गित बनाएको छ। पहिलो त यसको कमाइ र दोस्रो यसले बनाएको कीर्तिमानहरूले यतिबेला फिल्मी दुनियाँ र विशेषगरी बलिउडलाई ठूलो चुनौती थपिएको छ।

'केजीएफ-२' ले हालसम्म एक हजार २१९ करोड भारु कमाएको छ। यसको दुवै भागको संयुक्त कमाइ १५ सय करोड भारु पुग्छ।

केजीएफको पहिलो भागले हाल कमाइभन्दा पनि अर्को कीर्तिमान बनाएको छ। सन् २०१८ मा रिलिज भएको केजीएफलाई सन् २०२० मा भोजपुरी डबमा युट्युबमा हालिएको थियो।

हालसम्म युट्युबको उक्त डब भर्सनले ६१ करोड ७१ लाख २५ हजार ८०० भ्युज पाएको छ। भारतीय सञ्चार माध्यमहरूले युट्युबमा यति भ्युज कुनै पनि भोजपुरी फिल्मले नपाएको बताएका छन्। यस्तै हिन्दी फिल्मले पनि यति भ्युज नपाएको हुनसक्ने आकलन गरिएको छ।

यस्तै युट्युबमै ५.७ मिलियन लाइक पाएर केजीएफ सर्वाधिक लाइक पाउने फिल्म पनि बनेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×