इंग्ल्याण्डका ब्याटिङ प्रशिक्षकलाई काराेना संक्रमण

काठमाडौँ - इंग्ल्याण्ड क्रिकेट टाेलीका ब्याटिङ प्रशिक्षक मार्कस ट्रेस्कोथिकलाई कोराेना संक्रमण पुष्टि भएकाे छ। न्यूजिल्याण्डविरुद्धको तेस्रो टेस्टअघि गरिएकाे परीक्षणमा उनमा काेराेना पुष्टि भएकाे हाे।​

कोराेना देखिएपछि मार्कस अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्ट बिहीबार हुनेछ।

तीन खेलको सिरिज एक खेल अगावै जितिसकेकाे इंग्ल्याण्डले २-० को अग्रता लिएकाे छ। ४६ वर्षीय मार्कस गत मार्चमा ब्याटिङ प्रशिक्षक नियुक्त भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×