बुन्डेस लिगमा बायर्न म्युनिखकाे सहज जित

काठमाडौँ - जर्मन बुन्डेस लिग अन्तर्गत गएरातिकाे खेलमा घरेलु टोली बायर्न म्युनिखले  जित हात पारेकाे छ। उसले बायर लिभरकुसेनविरुद्व ४-० काे सहज जित हात पारेकाे हाे।

एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन लिराेय साने,जमाल मुसियला, सादियाे माने र थाेमस मुलरले १/१ गाेल गरेका थिए। खेलकाे तेस्रो मिनेटमै सानेकाे गाेलमार्फत बायर्नले अग्रता लिएकाे थियाे। उनले मुसियलाकाे पासलाई सदुपयाेग गरेका थिए।

१७ औं मिनेटमा मुलरकाे पासलाई जाली चुमाउँदै मुसियलाले टाेलीकाे अग्रता दाेब्बर बनाएका थिए। ३९ औं मिनेटमा मानेले मुसियलाकाे पासमा गाेल गरेपछि बायर्नले पहिलाे हाफमै ३-० काे आरामदायी अग्रता लिएको थियो।

८४ औं मिनेटमा मुलरले गाेल गर्दै घरेलु  टाेलीलाई ४-० काे सहज जित दिलाएका हुन्। याे जितसँगै ८ खेलमा १५ जाेडेर बायर्न दोस्रो स्थनमा उक्लिँदा पराजित लिभरकुसेन समान खेलबाट ५ अंकका साथ १६ औं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×