लमजुङमा घरेलु हिंसा न्यूनीकरण असफल

काठमाडौँ - लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न माध्यमबाट प्रयास गर्दै आएतापनि यसमा कुनै कमी आउन सकेको देखिँदैन।

गरीबी तथा अशिक्षा, चेतनाको कमी र बेरोजगार, मादक पदार्थ सेवन लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्दै गएको पाइन्छ। चालु आर्थिक वर्ष २०७८-७९ को साउनदेखि फागुन महिनाको २३ गतेसम्म ३३ वटा घरेलु हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए। उनका अनुसार ती उजुरी परेकोमध्ये २६ वटा  मिलापत्रमै सीमित भएका छन्। चारवटा अदालती प्रक्रियामा गएको छ भने तीनवटाको काम भइरहेको छ।

त्यस्तै, गत आर्थिक वर्ष २०७७-७८ मा ९२ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार ६० वटा मुद्दा मिलापत्र भएको थियो भने २३ वटाको अदालती प्रक्रिया र आठवटाको काम भइरहेको छ। आर्थिक वर्ष २०७६-७७ मा कार्यालयमा घरेलु हिंसासम्बन्धी ६१ वटा उजुरी परेका थिए। यसमध्ये ४५ मिलापत्र, ६ अदालती प्रक्रियामा गएको र १० वटाको काम भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७५-७६ मा घरेलु हिंसासम्बन्धी १२ वटा निवेदन परेको थियो। सो निवेदनमध्ये नौ मिलापत्र भएको र तीनवटाको काम भइरहेको छ। त्यस्तै, आर्थिक वर्ष २०७४-७५ मा ७९ वटा उजुरी परेको थियो। तीमध्ये ४५ वटा मिलापत्र भइसकेको छ। १२ वटा अदालती प्रक्रियामा गएको र २२ वटाको काम भइरहेको बताइएको छ।

त्यस्तै, यस चालु आवको साउनदेखि हालसम्म प्रहरी कार्यालयमा १५ वटा ठाडो उजुरी परेको छ। तीमध्ये १३ वटा मिलापत्र भएको, दुईवटाको काम भइरहेको छ। त्यस्तै, गत आर्थिक वर्ष २०७७-७८ मा २९ वटा ठाडो उजुरी प्रहरीमा परेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×