काठमाडौं - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैया चन्द्रपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय ललन सहनी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्र.२–०२–००५ प २२०३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीको भजनी नगरपालिका–३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने २२ वर्षीय दिनेस चौधरी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ५६५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका–२ गोपिगंजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९१ मिलिग्रामसहित बर्दघाट नगरपालिका–६ विद्युत बस्ने ३२ वर्षीय पुकार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले लु.६४ प ८८३२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ मिलिग्रामसहित सुनसरी दुहबी नगरपालिका–९ बस्ने ३० वर्षीय मो.सहबाज समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ८६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कपिलवस्तुको शिवराज नगरपालिका–९ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय ७० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २२ वर्षीय गोबिन्द कुमार चन्दलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको गोदावरी नगरपालिका–३ चौकी डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित कृष्णपुर नगरपालिका–६ गजरौला बस्ने २६ वर्षीय राजेश लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ बस्ने २८ वर्षीय हरिश भण्डारीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४७ मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।