सुरविना कार्की प्रेममा?

काठमाडौँ। भर्खरै नेपाली चलचित्र ‘काँडेतार’को छायांकन सकेकी अभिनेत्री सुरविना कार्कीको चर्चा अहिले सिने जगतमा चलिरहेको छ। नवल खड्काको निर्माण तथा निर्देशन रहेको चलचित्रमा उनी मुख्य भूमिकामा देखिनेछिन्।

तर, उनको चलचित्रको नभएर हाल उनको प्रेमसम्बन्धको चर्चा सिने जगत चल्न थालेको छ। सामाजिक सञ्जालका उनका पछिल्ला पोस्टहरु हेरेर यस्तो अड्कल काट्न थालिएको हो।

केहिसमयअघि उनले सञ्जालमा ‘बाँचौं, हासौँ र माया गरौँ’ भन्दै पोस्ट गरेकी थिइन्। पोस्टका साथमा उनले आफ्ना केही तस्बिर समेत राखेकी छिन्। बलिउडमा प्रवेशको आश लिएर भारत गएकी अभिनेत्री त्यहाँ काम नपाएपछी नेपाल फर्किएकी हुन्।

हाल उनले म्युजिक भिडियो र केही विज्ञापनमा अभिनय गरेकी छिन्। त्यसैगरि उनले एक हिन्दी गीतमा समेत अभिनय गरेकी छिन्। जी म्युजिक कम्पनीले ‘नाडे नाडे’ बोलको उक्त गीत केहि समयअघि मात्र सार्वजनिक गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×