पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै केन्याबिरुद्द नेपाली टिम घोषणा

काठमाडौँ - नेपालले केन्यासँग खेल्ने टी-२० र  एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाका लागि टिमको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ। टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्। विकेटकिपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल टिमबाट बाहिरिएका छन्।

युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टोलीमा परेका छन्।

नेपाली टोलीमा

सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो, विवेक यादव रहेका छन्।

त्यस्तै वैकल्पिक खेलाडीमा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी, हरिशंकर शाह रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×