काठमाडौँ - म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर युनाइटेड अब लयमा फर्किएको बताएका छन्। उनले अब यो टोली इंग्लिस प्रिमियर लिगको मुख्य प्रतिस्पर्धी टोली बनेको बताएका छन्।
युनाइटेडले सन् २०१३ यता प्रिमियर लिगको उपाधि जितेको छैन। साथै यो टोलीले सन् २०१७ यता कुनै पनि उपाधि जितेको छैन। यद्यपि पछिल्लो ७ खेलमा भने युनाइटेड अपराजित रहेको छ। युनाइटेड म्यानचेस्टर सिटीसँग भने पनि ६-३ गोल अन्तरले पराजित भएको थियो।
ग्वार्डिओलाले युनाइटेडको प्रशिक्षकमा एरिक टेन हग आएसँगै सकारात्मक परिवर्तन देखिएको बताएका छन्। ग्वार्डिओलाले शेरिफ टिरास्पोल र आर्सनलसँगको खेलमा युनाइटेडको प्रदर्शनले पुनः युनाइटेड आफ्नो लयमा फर्किएको आभाष भएको उल्लेख गरेका छन्।