शाहरुखकी छोरी, श्रीदेवीकी छोरी र अमिताभको नाति बलिउडमा डेब्यु गर्दै

काठमाडौँ - बलिउड स्टार शाहरुख खान र श्रीदेवीका छोरीहरु क्रमशः सुहाना खान र खुशी कपूरले बलिउडमा डेब्यु गर्दै छन्। यसका साथै अमिताभ बच्चनका नाती अगस्त्य नन्दाले पनि बलिउडमा प्रवेश गर्ने भएका छन्।

जोया अख्तरको फिल्मबाट डेब्यु गर्न लागेकी सुहाना खानले सुटिङसमेत सुरु गरिसकेकी छन्। सुहानासँगै श्रीदेवीकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन्। निर्माता रीमा अख्तरले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेकी थिइन्।

यी तीनै जनाले डेब्यु गर्न लागेको फिल्मको नाम ‘द अर्चीस’ हो। तर कलाकारहरूको बारेमा भने आधिकारिक घोषणा भइसकेको छैन। नेटफ्ल्क्सिमा रिलिज हुने फिल्मको सुटिङ सुरु भइसकेको छ। रीमा बाहेक फरहान अख्तरले पनि इन्टाग्राममा फोटो सार्वजनिक गर्दै कलाकारहरूलाई शुभकामना दिएका छन्।

फिल्मलाई जोया अख्तर र रीमा अख्तर मिलेर निर्माण गर्नेछन्। जोयाले यो फिल्मको बारेमा सन् २०२१ मा नै घोषणा गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×