सुर्खेत- कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।
अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।