काठमाडौँ - 'क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ। बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए। तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ। राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ। यस अवधिमा सबैभन्दा बढी नाफा कुमारी बैंकले कमाएको छ। सो बैंकको निष्क्रिय कर्जा ०।४६ प्रतिशतबिन्दु बढेको छ।
पहिलो त्रैमासमा औसतमा वाणिज्य बैंकले ७२ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ। प्रथम त्रैमासमा एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। एनआईसी एसियाको नाफा पोहोरभन्दा ४८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ। नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलोपटक एकीकृत नाफा सार्वजनिक गर्दै यति नाफा कमाएको हो।
राजधानी दैनिकबाट