गुजरातको दोस्रो हार

काठमाण्डौँ-  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ। मुम्बईमा गएराति भएको खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो।

गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो। पन्जाबका शिखर धवनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले। भानुका राजपाक्षेले ४० र लियाम लिभिङस्टोनले अविजित ३० रन जोडे। गुजरातका मोहमद शामी र लक्की फर्गुसनले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो। गुजरातका साई सुदर्शनले अविजित ६५ रनको अर्धशतकीय पारी खेले। रिद्दिमान शाहले २१ रन जोडे। 

पन्जाबका कागिसो राबडाले ४ विकेट लिए। जितसँगै पन्जाबको १० खेलमा १० अंक भएको छ। पन्जाब अंकतालिकामा पाँचौ स्थानमा उक्लिएको छ। यो गुजरातको दोस्रो हार हो। गुजरात १० खेलमा ८ मा जितसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×