बस दुर्घटनामा एक शिशुको मृत्यु

काठमाडौँ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ। 

आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालकको मत्यु भएको हो। वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी  ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन्।

त्यस्तै, बर्दियाको गेरुवा गाउँपालिका– १ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका थिए। घाइते सबैको लमही अस्पतालमा उपचारपछि घर  गइसकेको प्रहरीले बताएको छ। बसमा २० यात्रु सवार थिए।

बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×