१०औँ एमाले महाधिवेशन : निर्वाचन सम्पन्न हुन करिब ११ बज्ने अनुमान

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन अहिले चितवनमा जारी छ । महाधिवेशन अनतर्गत अहिले मतदानको क्रम जारी रहेको छ । सौराहामा रहेको सेभेन स्टार होटलमा विद्युतिय माध्यमबाट मतदान कार्य जारी रहेको छ ।
अहिले बिहान ९ बजे सम्ममा करिब एक हजार ६०० जना प्रतिनिधिहरुले मतदान गरिसकेका छन् भन् करिब ५०० जना ले मतदान हुन बाँकी छ । २ हजार १५३ जना प्रतिनिधिहरु सहभागि भएको महाधिवेशन लम्बिएका कारण करिब १०० जना मतदान नगरी घर फर्किएको अनुमान गरिएको छ । विद्युतिय माध्यमबाट मतदान गर्न एक जना प्रतिनिधिलाई बढीमा आधा घण्टा समय लाग्ने गर्दछ । मतदानमा करिब ७० वटा विद्युतिय मेशिन जडान गरिएको छ । जसका कारण करिब बिहान ११ बजे सम्ममा मतदान प्रकृया पूर्ण हुने अनुमान गरिएको छ ।
मतदान पश्चात मतगणना कार्य गरि आज नै मत परिणाम सर्वजनिक गरि महाधिवेशनको विधिवत समापन गरिने निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाले जानकारी दिएका छन् । केहि केन्द्रिय सदस्यहरु निर्विरोध निर्वाचित भए पनि पार्टीको सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल हुँदा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा केन्द्रीय सदस्यमा आवश्यकभन्दा बढी उम्मेदवारी परेपछि निर्वाचनमार्फत निर्णय गरिन लागेको हो।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उमेद्वारी दर्ता भएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×