फिल्म ‘हिँड्दा–हिँड्दै’ को इण्डक्ल्याप

काठमाडौँ - नयाँ नेपाली फिल्म ‘हिँड्दा-हिँड्दै’ को छायांकन सम्पन्न भएको छ। प्रेम कथामा आधारित यो फिल्मको विषयवस्तु अनुसार तीन चरणमा छायांकन गरिएको फिल्मका लेखक तथा निर्माता सुशील पंगेनीले बताएका छन्।

मिलन आले मगर निर्देशित फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापामगर, ममता पौडेल, बालकलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा रहेका छन्।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा रहेका छन्। प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको फिल्म लीलामान तण्डुकारले खिचेका हुन्।

फिल्मका गीतमा ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×