‘डक्टर स्ट्रेन्ज’ का अभिनेताले मार्भलका लागि छाने शाहरूख खानलाई

काठमाडौँ-  हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’ का अभिनेता बेनेडिक्ट कम्बरब्याचले ‘मार्भल सिनेमेटिक युनिभर्स (एमसियू)’को लागि बलिउड अभिनेता शाहरूख खानलाई रोजेका छन्। मार्भल स्टुडिओले सुपरहिरो फिल्म बनाउँदै आएको छ। 

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार एक अन्तर्वार्तामा बलिउड अभिनेता शाहरूख खान र ऋतिक रोशनमा मार्भल सिनेमेटिक युनिभर्समा काम गर्न पर्‍यो भने कोसँग गर्नुहुन्छ भनेर प्रश्न गरिएको थियो। बेनेडिक्टरले प्रश्नको जवाफ दिर्दै भने, ‘खान उचित छन्।’

बेनेडिक्स अभिनित फिल्म ‘डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदैछ। यो मार्बल स्टुडिओको ‘डक्टर स्ट्रेन्ज’ को दोस्रो भाग हो। 

साम रैमीले निर्देशन गरेको फिल्ममा एलिजाबेथ ओल्सेन, चिवेटेल इजियोफोर, बेनेडिक्ट वोंग, जोचिटल गोमेज, माइकल स्टुहलबर्ग र राहेल म्याकआडम्सको पनि अभिनय छ।

सन् २०११ मा शाहरूख खान ‘रावन’ मा सुपरहिरोको भूमिकामा देखिएका थिए। अनुभव सिन्हाले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै करिना कपुर, अर्जुन रामपाल, अरमान वर्मा, शहाना गोस्वामी, टम वु, दलीप ताहिल र सतीश शाहको पनि अभिनय छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×