काठमाडौँ - आर्सनलसँग चेल्सी ४-० को गोल अन्तरमा पराजित भएको छ। नयाँ सिजनको प्रिमियर पूर्व भएको खेलमा चेल्सीले हार व्यहोरेको हो।
आर्सनलका लागि गाब्रियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो कासा र साम्बी लाकोंगाले समान १-१ गोल गरेका थिए।
जिससले खेलको १५ औं मिनेटमा नै गोलको खाता खोलेर अग्रता बनाएका थिए। ३५ औं, ६५ औं र ९० औं मिनेटमा आर्सनलले लगातार गोल गरे पनि चेल्सीले सान्त्वना गोलसम्म गर्न सकेन।
आर्सनलले अब उड्सिनीसँग प्रतिस्पर्धा गर्नेछ।