कैलाली- धनगढीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज अवलोकन गरेका छन्। उनीसँगै प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरालगायत सहभागी थिए।
अवलोकनका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकार मेडिकल कलेजमा मिलेर काम गर्न इच्छुक रहेको बताएका त्यहाँका निर्देशक डा प्रमोद जोशीले जानकारी दिए। उनले भने, “मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्दछ भन्ने विषयमा पनि हामीबिच कुरा भएको छ।”
त्यस्तै मेडिकल कलेजका भित्री संरचना विद्युत्, पानी, ढललगायतको व्यवस्थापनमा समस्या देखिएकाले त्यसको व्यवस्था गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएका जनाइएको छ।