मौन अवधिमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ

काठमाडौँ - मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई प्रहरीले पक्राउ गरेको छ। निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ। 

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन्। उनीहरूलाई प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको थियो। 

उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन्। उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो। काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×