'प्रोटेस्ट' मा परेका दुर्गाले दिलाए कर्णालीलाई पहिलो स्वर्ण

पोखरा - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत 'प्रोटेस्ट' मा परेका कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले स्वर्ण जितेका छन्। पोखरा रंगशालामा सोमबार भएको एथलेटिक्सको ३ हजार मिटर पुरुष स्टिपलचेजमा दुर्गाले कर्णालीलाई स्वर्ण दिलाएका हुन्।

दुर्गाले निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे। नेपाल एपीएफका अजित यादवले रजत हात पारेका छन्। अजितले ९ मिनेट २१.१० सेकेन्डमा दोस्रो भए। यता त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले कास्य जितेका छन्। सुवासले निर्धारित दूरी ९ मिनेट २२.१५ सेकेन्डमा पुरा गरेका थिए।

स्वर्ण विजेता दुर्गाले भारतका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेको भन्दै उनीविरुद्ध नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले 'प्रोटेस्ट' दर्ता गराएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×