ढाका - बङ्गलादेशमा राजधानी ढाकामा भयानक बम विस्फोट भएको छ। ढाकाको अमीनाबजार र सावरमा चार वटा विस्फोट भएका हुन्। साथै छ स्थानमा राखिएका बमहरू सेनाको टोलीले निष्क्रिय पारेको थियो।
ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विस्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो। खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो।
अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन्। घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीन तले भवन नजिकै एउटा भ्यान आएको बताए। भ्यान यहाँ एक सेकेन्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिँडयो। त्यसको केही समय पछि विस्फोट भएको थियो।
ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठुलाे दुर्घटना भने हुन नसकेको बताए।
राजधानी ढाकामा भएकाे विशाल विरोधप्रदर्शन नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ।