हाते होजियारी तालिमबाट आत्मनिर्भर बन्दै जुम्ली महिला

काठमाडौँ - जुम्लाको तातोपानी गाउँपालिका– ६ का महिला हाते होजियारी तालिमबाट आत्मनिर्भर  हुन थालेका छन्।

सोही वडाकी तिलनदेवी कामी अहिले होजियारी सीप सिक्नमै व्यस्त छन्। बिहान र बेलुकी स्वीटर, हाइनेकदेखि अन्य कपडा बुन्नमै समय बिताउनुहुने उनी अहिले  महिला, पुरुष र  बालबालिकाका लागि कपडा बुन्न सक्ने भएकी छन्। गाउँमै गाउँपालिकाले छ महिने सीपमूलक तालिम दिएपछि अहिले काम गर्न सहज भएको तिलनदेवीले बताइन्।

सात कक्षा पढ्दा पढ्दै स्कुल छाडेकी  हियाखोलाकै पार्वती कामीले पनि अशिक्षित महिलालाई होजियारीको सीप दिन थालेपछि अहिले विभिन्न कपडा बुन्न थालेकी छन्। हाते होजियारी उद्योगले गर्दा यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्न थालेको वडाध्यक्ष विशाल खड्काले जानकारी दिए। "अहिलेसम्म यहाँका बासिन्दाले सरकारी काम पाउन सकेका छैनन्। यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला नै हो।" उनले भने, "अब रोजगारी सिर्जना गर्नका लागि  गाउँमै हाते होजियारी उद्योग स्थापान गर्न लागिपरेको छु।"

आफ्नो वडा कार्यालयले बेरोजगारीलाई रोजगारी दिनका लागि विभिन्न विकल्प अवलम्बन गर्दै आएको वडाध्यक्ष खड्काले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×