प्रदेश १ का खेलाडी सम्मानित

विराटनगर - प्रदेशबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ।

प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो।

विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी ३७ र दक्षिण एशियाली खेलकुदमा सहभागी १४१ जना खेलाडीलाई सम्मान गरेको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताएका छन्।

खेलाडीलाई  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, समाजिक विकास मन्त्री राजन राईले सम्मान गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×