काठमाडौँ - चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ।
गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ।
सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख छ। यो गत आर्थिक वर्ष २०७८/ ७९ को तुलनामा १८ दशमलव ५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको तुलनामा आयात निर्यात व्यापार घटेकाले व्यापार घाटा पनि घटेको हो।
राजधानी दैनिकबाट