काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर सिटीले लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ। काल्भिनसँग ६ वर्षको लागि सम्झौता भएको सिटीले जनाएको छ।
सिटीले उनलाई करिब ५० मिलियन पाउण्डमा भित्र्याएको बताइएको छ। इंग्ल्यान्डका मिडफिल्डर काल्भिनले आफ्नो बाल्यकालको क्लब लिड्स छाडेर सिटीसँग सम्झौता गरेका हुन्।
२६ वर्षीय काल्भिनले फरनान्डिन्होको स्थान पूरा गर्ने छन्। फरनान्डिन्होले ९ वर्षसम्म खेल्दै सिटी छाडेका छन्।