काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर बेर्नार्डो सिल्भा अनुबन्धका लागि तयारी थालेको छ। म्यानचेस्टर सिटीका सिल्भालाई अनुबन्धको लागि बार्सिलोनाले तयारी गरिरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ।
पछिल्लो समयमा उनी सिटीका लागि प्रभावशाली रहँदै आएका छन्। सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। सिटीले सिल्भा अनुबन्धका लागि १०० मिलियन युरो मागेको मार्काले जनाएको छ।
२७ वर्षीय मिडफिल्डर २०१७ मा मोनाकोबाट सिटीमा अनुबन्ध भएका थिए। सिटीका लागि उनले १ सय ६६ खेलमा २९ गोल गरेका छन्।