कांग्रेस महाधिवेशन : प्रकाशमान सिंह र कल्याण गुरुङको समर्थन कसलाई ?

काठमाडौँ । रात भरको मतगणनाले पनि नेपाली कांग्रेसको भावी सभापति छान्न नसकेपछि पुनः दोस्रो चरणको मतदान निश्चित भएको छ । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच निर्वाचन हुने भएको छ । उक्त निर्वचनबाट देउवा र कोइराला मध्यको भावी सभापति बन्ने भन्ने निर्धारण हुनेछ । 
निर्वाचन समितिका अनुसार कूल ४७४३ मतदाताबाट ४६८१ मत खसेको छ भने उक्त मत मध्यबाट २२५८ मत देउवाले पाएका छन् । उनलाई ५० प्रतिशत मत पुर्‍याउन ८३ मतको कमी भएको छ । त्यसै गरि कोइरालाले १७२९ मत प्राप्त गरे । 
दुवै नेताहरुलाई अब आफ्नो जीत सुनिश्चित गर्न प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र नीधिको साथ र समर्थनको आवस्यक छ । 
निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणको निर्वाचन अघि बढाउने छ भने उक्त प्रतिस्पर्धामा जसको पक्षमा मत बढी खस्छ ऊ स्वत विजयी हुनेछ ।
नीधिले शेखर कोइरालालाई समर्थन गर्ने जनाइ सकेको अवस्थामा प्रकाशमान सिंहको समर्थन रहेमा देउवाको जीत निकै सहज हुने देखिएको छ ।  यस निर्वाचनमा कल्याण गुरुङ र प्रकाशमान सिंहले कसलाई समर्थन गर्छन् भन्ने यकिन नभइ सकेको अवस्थामा दुवै पक्षलाई उनीहरुको साथ र समर्थनको अति अवस्यक रहेको देखिन्छ । यद्यपी शेखरलाई सभापति जित्न कठिन अवस्था रहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×