काठमाडौँ - लभ एन्ड सपोर्ट फाउन्डेसनले वरिष्ठ गायक भक्तराज आचार्यलाई नगद २५ हजार १ सय ११ रुपैयाँसहित कदरपत्रले सम्मान गरेको छ। गायक।
आचार्य कार्यक्रममा उपस्थित नभएकाले उनका छोराहरु गायक सत्य स्वरुप र नातिहरू सरगमराज तथा संगीतराज आचार्यले सम्मान ग्रहण गरेका थिए। कार्यक्रममा भारती उपाध्यायले उक्त सम्मान प्रदान गरेकी थिइन्।
फाउन्डेसनका संस्थापक अध्यक्ष मनोज राईले विदेशमा नेपाली गीत-संगीतको प्रवद्र्धन तथा यस क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूको सम्मान गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना भएको बताएका छन्।
वरिष्ठ संगीतकार आनन्द राईले सांगीतिक क्षेत्रमा भक्तराज आचार्यको योगदानबारे चर्चा गरेका थिए। साधारणसभाबाट गायिका तथा चरित्र अभिनेत्री कविता आले फाउन्डेसन नेपालका लागि अध्यक्ष चुनिएकी छिन्।