वैज्ञानिक समाजवादी पार्टी : जेनजी विद्रोहलाई प्रतिगमनमा लैजाने षड्यन्त्र चरम उत्कर्षमा

२७ भदौ, काठमाडौं। वैज्ञानिक समाजवादी पार्टी नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा जेनजी विद्रोहलाई संरचनागत प्रतिगमनतर्फ लैजाने वा बढीमा सीमित पार्ने षड्यन्त्र चरम उत्कर्षमा पुगेको दाबी गरिएको छ। पार्टीका महासचिव आहुतिले विद्रोहलाई यथास्थितिवादले पछाडि धकेल्ने सम्भावना उच्च रहेको भन्दै यसप्रति सचेत रहन आग्रह गरेका छन्।

आहुतिले जेनजी विद्रोह संसदीय चुनाव वा सामान्य सरकार परिवर्तनका लागि नभएको स्पष्ट पारेका छन्। उनका अनुसार अहिले अन्तरिम सरकार गठन गर्ने प्रयास भइरहे पनि त्यसले नेपालको समाज र संकटको समाधान सम्भव नहुने बताएका छन्।

उनले भनेका छन्, “जेनजी विद्रोहको उद्देश्य र भावना संसदीय सरकार वा चुनावमा सीमित हुन सक्दैन, किनभने त्यसरी नेपालमा गहिरो सामाजिक संकटको समाधान हुनै सक्दैन।”

वैज्ञानिक समाजवादी पार्टीले जेनजी विद्रोहलाई ऐतिहासिक अवसरका रूपमा हेर्दै यसलाई प्रतिगमनको खेलमा सीमित पार्न खोज्ने शक्तिहरूविरुद्ध सचेत रहन सबैलाई आह्वान गरेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×