काठमाडौँ - पाँचौँ टी-२० क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई हराएको छ। लाहोरमा गएराती भएको खेलमा पाकिस्तानले पाहुना टोली इंल्याण्डलाई ६ रनले हराएको हो। पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनायो।
इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले नटआउट ५१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्। बलिङतर्फ पाकिस्तानका हरिस राउफले २ विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६३ रन बनाएका थिए। बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिएका थिए। जितसँगै ७ खेलको टी-२० शृङ्खलामा पाकिस्तानले ३-२ को अग्रता बनाएको छ।