आज पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौँ- आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार पश्चिमी न्यून चापीय प्रणालीकै असरका कारण हिजो जस्तै आज बेलुका पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ।

यो प्रणालीको प्रभाव भोलि भने हट्ने छ। तर, पर्सि फेरि पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सि बुधवार र बिहीवार धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले जानकारी दिए। तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा पर्सि बुधवार र बिहीवार वर्षाको अनुमान छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ। अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×