देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ - मंगलबार दिउँसो सुदूरपश्चिम, गण्डकी र प्रदेश १ अन्तरगतको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भूभागमा अन्य स्थानमा भने आंशिकदेखि सामान्य बदली रहनेछ।

यस्तै राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। मंगलबार बिहान भने देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×