काठमाडौँ। जुनकीरी संस्थाको आयोजनामा राजधानीमा पुस्तक च्यारिटी शो 'जुनकिरी गजल साँझ' आयोजना हुने भएको छ। कार्यक्रम काठमाडौँको बत्तिस पुतलीमा रहेको शिल्पी थिएटरमा आयोजना हुनेछ।
कार्यक्रममा गजलकारहरू बाबू त्रिपाठी, रसिक राज, विपिन सलामी तथा संगिता थापाको प्रस्तुती देख्न सकिनेछ। कार्यक्रममा प्रवेशका लागि तीन सय र हजार रूपैयाँको टीकट काट्न सकिनेछ।
त्यसैगरि पुस्तक लिएर आउने पाठक तथा लेखकहरूलाई नि:शुल्क टिकट प्रदान गरिनेछ। कार्यक्रम पुस १६ गते शुक्रबार साँझ ४:३० बजे आयोजना हुनेछ।